Breaking

हवाईको मनोमानी यात्रु लुट्दै बस व्यवसायी, दशैंमा यात्रुलाई सास्ती


काठमाडौँ — विगतका दुई वर्षको तुलनामा यो वर्षको दशैंमा दोब्बर नागरीकले उपत्यका छोडे, एयरलाइन्स र यातायात व्यावसागीको मनोमानी कायमै, बर्षेनीको समस्या ज्यू का त्यूँ । भूमिगत यातायात प्रणाली विश्वका लागि सामान्य बनिसक्दा समेत नेपालमा त्यो कल्पना भन्दा बाहिरकै अवस्था छ । प्रविधिको उपयोग गरी सार्वजनिक यातायातलाई सहज र छरितो बनाउने योजना त झनै परको विषय ।

पुरानै शैलीका कारण सर्वसाधारणले चाडपर्व, मेला र उत्सवहरुमा सार्वजनिक यातायातको कुरुप संघर्ष झेलिरहनुपरेका छन् । विगतका दुई वर्षको तुलनामा यस वर्षको दशैंमा दोब्बर मानिसले उपत्यका छोडे । दुई वर्षमा कोभिडका कारण घर जान नपाएकाहरु यस वर्ष निर्वाध गाउा जान पाएपछि संख्या बढेको हो । अष्टमीसम्म मात्रै करिव १७ लाख मानिसले काठमाडौँ उपत्यका छाडेका छन् ।

यसबारे सरकारले पूर्व आंकलन गरेको पनि थियो । तर सवारी व्यवस्थापनमा चाहीँ कमजोर तयारीले सर्वसाधारणले यो वर्ष पाउनुसम्मको सास्ती पाए । कतिले रातभर काउन्टरमा पालो पर्खिदा पनि बसको टिकट पाएनन् । कतिले नियमित भन्दा दोब्बर तेब्बर भाडा तिरेर गाडी चड्न पर्याे ।

बसपार्क डिजिटल युगमा गइसकेपछि ठूलो परिवर्तन आउँछ भन्दै आस्वासन दिइयो । र पनि यात्रुले त्यसको अनुभूति अहिलेसम् मगर्न पाएका छैनन् । प्रत्येक वर्ष झै यस वर्ष पनि दशैंमा दुःख साथ यात्रा गर्न परिरहेको छ । इ टिकेटिङको योजना यस सपक पनि गफमै सिमित बनेको देख्दा यात्रुहरु निराश थिए । सुविधा जस्ताको त्यस्तै, भाडादर चाहीँ दोब्बर तेब्बर असुल्दा पनि यातायातका काउण्टर तिर काम गर्ने व्यवसायी र तीनका प्रतिनिधिहरलाई लाज लागेको छैन ।

सार्वजनिक गाडीमा मात्रै होइन, हवाईजहाजमा यात्रा गर्नेहरुको अवस्था पनि त्यस्तै छ । हवाई क्षेत्र सडक यातायातको तुलनामा व्यवस्थित यातायातको रुपमा लिइन्छ । परिचारिका देखि अतिथि सत्कारसम्म ध्यान दिने विमानमा पनि यात्रुले सहज यात्रा भने गर्न पाएका छैनन् । विमान कम्पनीको लापरवाहीले बिरामी, अशक्तदेखि वृद्धवृद्धासम्मले दुःख पाउने गरेका छन् । आईतबार श्री एयरलाईन्सको यस्तै लापरवाहीले सकस पाएका यात्रुहरुले एयरपोर्टभित्र नारा बाजी नै गरे ।

छिटो र आरामदायी यात्राका लागि मानिसहरुले विमान रोजेका हुन्छन् । तर, विमान कम्पनीहरुले यात्रुको भावनालाई बेवास्ता गर्दा यस्ता घटनाहरु बारम्बार दोहोरिरहेका छन् । ६ बजे विमान चडेर ७ बजे गन्तव्यमा पुग्ने भनेर घरबाट निस्कीएकाहरु १० बजे सम्म पनि विमानस्थलमा जहाजकै प्रतीक्षा गरिरहेका हुन्छन् ।

चाडपर्वमा जुनसुकै यात्रुबाहक सवारी साधनलाई जहाँ जान पनि रुट पर्मिट निशुल्क गरिदिएको छ । जस्का कारण पुराना सवारी साधनहरु समेत अत्याधिक यात्रु बोकेर असहज सडकहरुमा गुड्दा दुर्घटना निम्तीने गरेको छ । प्रविधिको युगमा समेत नेपालको यातायात प्रणाली पुरातन शैलीमै जेनतेन चलाइनु राज्यकै लागि लज्जाबोध हुनु पर्ने हो ।