देश

हत्याको अभियोगमा दुई अभियुक्त पक्राउ


काठमाडौँ – धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई समातेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बलम्बुबाट दुई जना युवकलाई नियन्त्रणमा लिएर हो ।

आइतबार दिउँसो झगडा हुँदा २६ वर्षीय रोशन रिजाल माथि धारिलो हतियार प्रहार भएको थियो। घाइते रिजाललाई उपचारको लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो। उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

नियन्त्रणमा लिएकाको अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । घटनामा संलग्न अन्य मानिसको खोजी भइरहेको छ। हत्याको कारण भने खुल्न सकेको छैन ।