बिजनेस

स्वीस बैंकमा नेपाली बचतकर्ताको रकम दोब्बरले वृद्धि हुँदै


काठमाडौँ – स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष नेपालीले बचत गर्ने बजेटमा दोब्वरले वृद्धि भएको बताएको छ ।


सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । यस हिसावले २०२० मा नेपालीको बचत दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो ।

स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख हुँदैन । वित्तीय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ ।