Breaking

स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो


काठमाडौँ — लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ ।

दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।

प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएको जानकारी दिए । ‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन,’ ‘राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्‍याउनु पर्ने हुन्छ । उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्‍याएर छोडेका छौं ।’

राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ ।