Breaking

‘स्वतन्त्र उम्मेदवारी अभियान’ को भेला सुरु


काठमाडौँ – आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी अभियानको भेला शनिबार ललितपुरमा सुरु भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ९ बजेदेखि उक्त भेला सुरु भएको हो । भेलामा काठमाडौँमा मेयर बालेन्द्र शाहलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ । त्यस्तै धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई पनि निम्त्याइएको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाहरु भेलामा सहभागी छन् । स्थानीय निर्वाचनका स्वतन्त्र रुपमा उम्मेदवारहरुको यो पहिलो विशेष भेला हो ।