देश

‘स्यानिटरी प्याड निःशुल्क गर सरकार’ भन्दै काठमाडौँमा प्रदर्शन


काठमाडौँ – स्यानिटरी प्याडमा कर लगाइएकोभन्दै शनिबार काठमाडौँमा युवाहरुले विरोध प्रदर्शन गरेको छ । निःशुल्क रूपमा वितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको
भन्दै आम युवा अभियानको अगुवाइमा प्रदर्शन गरिएको हो ।

‘स्यानिटरी प्याड निःशुल्क गर सरकार’ भन्दै युवाहरुले प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले निःशुल्क रूपमा स्यानिटरी प्याड वितरणसमेत गरेका थिए ।

यता, सरकारले भने स्यानिटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको जनाइसकेको छ । वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थ मन्त्रालयले आ।व। २०६९/७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नबढाइएको जनाएको छ ।