Breaking

स्थापितलाई मेयरको उम्मेदवार बनाउनु नेतृत्वको भुल भयो: योगेश भट्टराई


काठमाडौँ — काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहाले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंहको भन्दा पनि बढी मत ल्याएर लिड गरिरहेका छन् । त्यसैले भने सबैको ध्यान काठमाडौंतिर सोझिएको हो ।अहिलेकै अवस्था हेर्ने हो भने गठबन्धन र एमालेले काठमाडौंमा हार्ने पक्का जस्तै छ । त्यसैले नेकपा एमालेभित्र द्वन्द्व शुरु भइसकेको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले त केशव स्थापितमाथि विश्वास गर्नु नै नेतृत्वको भुल भएको प्रतिकृया दिइसकेका छन् । एक अनलाईन सञ्चामाध्यमसँग कुरा गर्दै एमाले सचिव एवम् पूर्व मन्त्री भट्टराईले भनेका छन्–‘एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला । उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो ।

कहिले कहिले त नेतृत्वको पनि विश्वास गलत हुन्छ नि काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा ठूला भनिएका दलहरूले अब गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको पनि उनले बताएका छन् । भट्टराईले भनेका छन्–‘बालेन शाहले जुन मत ल्याइरहनुभएको छ, हामीले नचिताएको हो । यो मत दलहरूप्रतिको असन्तुष्टिका रूपमा हेर्ने हो भने अब ठूला दलहरूले कमजोरी कहाँ भयो र सुधार के गर्नुपर्छ भन्ने थाहा हुन्छ ।’