अर्थनीति

सेयर बजार १३.८३ अंकले उकालो लाग्यो


काठमाडौँ – लगातारको गिरावटपछि मंगलबार सेयर बजारमा ब्रेक लागेको छ । निकै उतारचढावबीच आज नेप्से परिसूचक १३.८३ अंकले उकालो लागेसँगै बजारमा लगातारको गिरावटमा ब्रेक लागेको हो । योसँगै नेप्से परिसूचक २ दुई हजार ७ सय १२ को विन्दुमा उक्लिएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक पनि २.३६ अंकले उकालो लागेर ५ सय ८.६२ को विन्दुमा पुगेको छ । कारोबार रकम पनि सवा ७ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.३८ प्रतिशतले उकालो लागेको छ । लगानी समूह १.३७ प्रतिशतले बढेको आज जीवन बीमा समूहमा १.३३ प्रतिशत, बैंकिङ समूहमा ०.२ प्रतिशत, विकास बैंक समूहमा ०.५६ प्रतिशत, जलविद्युत समूहमा ०.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०।६ प्रतिशत, अन्य समूहमा ०.७९ प्रतिशत र लघुवित्त समूहमा ०.२८ प्रतिशतले वृद्धि भएको छ ।

आज व्यापार समूह सर्वाधिक १.६१ प्रतिशतले ओरालो लागेको छ । वित्त समूह ०.७५ प्रतिशतले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ ।