समाचार

सेक्स स्क्यान्डलले चर्चित बनेका मन्त्री शाहीको गाउँपालिका उपाध्यक्षको टिकटकले फेरि चर्चा


काठमाडौँ – कर्णालीका कृषि मन्त्री कुर्मराज शाही फेरि विवादमा मुछिएका छन् । आफ्नै स्वकीय सचिवकी श्रीमतीसँगको सेक्स स्क्यान्डलमा मुछिएका उनको अहिले गाउँपालिकाकी उपाध्यक्षको टिकटकमा आपलोड भएको एउटा भिडियो चर्चामा रहेका छन् ।

शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाहीको टिकटक अकाउन्टबाट आपलोड भएको एउटा भिडियो अहिले चर्चामा रहेको छ । भिडियोमा कुर्मराज शाहीको तस्बिर प्रयोग गरिएको थियो, र राखिएको थियो रोमान्टिक गीत । एउटा पुलको रेलिङमा बिन्दास पोजमा उभिएका मन्त्री शाहीको तस्बिरमा पम्फाले राखेको गीतको बोल छ, ‘यो मुटुको धड्कन हौ तिमी, मैले फेर्ने हर सासमा छौ तिमी‘’

पम्फाले यो भिडियो पोष्ट गरेसँगै मन्त्री शाही र उनको सम्वन्धलाई लिएर टिकाटिप्पणी सुरु भएको छ । विभिन्न किसिमका प्रतिक्रिया आउन थालेपछि उनले भिडियो हटाएकी छन् ।