अर्थनीति

सुन र चाँदीको मूल्य घट्यो


काठमाडौँ — नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा झरेको छ । त्यस्तै तेजावी सुनका मूल्य पनि ९५ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।