बैँक / वित्त

सुन र चाँदीको मुल्य बढ्यो


काठमाडौँ — बुधबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजारमा पुगेको छ भने तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ ।