बिजनेस

सुनको मूल्य तोलामै ७ सयले घट्यो


काठमाडौँ – नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको आज नेपाली बजारमा ९२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रतितोला १ हजार १७५ रुपेयाँ तोकिएको छ ।

हिजो सुन १०० रुपैयाँले घटेर छापावाल ९३ हजार ५०० रुपैयाँ तथा तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७०४ डलर तथा चाँदी प्रतिऔंस १९ दशमलव ३३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।