बैँक / वित्त

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सयले घटेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ पुगेको छ।

तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ । चाँदीको भाउ भने सोमबार प्रतितोला ३५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।