अर्थनीति

सुनको मूल्यमा पाँच सयले गिरावट


काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज तोलामा ५ सय रुपैयाँले गिरावट आएको हो ।

आज सुन तोलामा हिजो ९० हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।