देश

सुनकोशीमा तैरँदै गरेको शव फेला


काठमाडौँ – सिन्धुलीस्थित सुनकोशी नदीमा तैरँदै गरेका तीन जनाको शव भेटिएको छ । बुधबार साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएको हो ।
का अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परिणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए ।