अटो

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा


काठमाडौँ — सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च भएको छ ।

आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले राजधानीमा एक कार्यक्रम आयोजना गरी नयाँ स्कुटर सार्वजनिक गरेको हो ।

सुजुकी मोटर्स इण्डियाका अन्तर्राष्ट्रिय बजार व्यवस्थापक शशांक तलवार, भीजी अटोमोबाइल्सका प्रवन्ध निर्देशक निकुन्ज अग्रवाल र महाप्रवन्धक धिरज भट्टराईले संयूक्त रुपमा एभेनिस स्कुटर अनावरण गरे । पावर, पफर्मेन्स र स्टाइललाई विशेष ध्यान दिएर यो स्कुटर बनाइएको भीजी अटोमोबाइल्सको दाबी छ ।

यसको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । स्पोर्टी स्टाइलिङ, एलईडी ल्याम्प, यूएसबी, फ्रन्ट फ्युल बक्स यसका विशेषता हुन् ।

प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतिक्षा बनेको कम्पनीको भनाइ छ । यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ ।

कम्पनीका अनुसार सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ ।