Breaking

सीमा विवादमा सुस्ताएको संयन्त्र, मोदी–देउवाको भ्रमण कर्मकाण्डी मात्र


काठमाडौँ —सीमा विवादका कारण लामो समय संवादहिन नेपाल–भारत सम्बन्ध केहि सुधारउन्मुख देखिन्छ । यो अवधिमा भएका उच्चस्तरी भ्रमण र भेटघाट यसको उदाहरण हो । तर दुई मुलुकबीच भएको प्रधानमन्त्री स्तरीय भ्रमण भने कर्मकाण्डी मात्र बनेको छ । कुटनीतिक जनसरोकारका विषय अनुउत्तरित छन । सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६ घण्टाका लागि नेपाल आए । बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाकै निमन्त्रणमा मोदी मायादेवी मन्दिरको दर्शन गर्न लुम्बिनी आएका थिए ।

आफ्नो दोस्रो प्रधानमन्त्रीत्व कालमा नेपाल ओर्लिएका मोदीलाई प्रधानमन्त्री शेर बहादुर देउवा सहित दर्जन बढि नेताले स्वागत गरे । दुई मुलुकबीच उच्चस्तरी छोटो भ्रमण भए पनि मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय भेटवार्ता मात्र गरेन्न् जलविद्यूत, शैक्षिक लगायतमा विभिन्न ६ वटा समझदारी र सम्झौता पनि भयो । तर विगत लामो समयदेखि सबैको चासोमा रहेको नेपाल–भारतबीचको सीमा विवाद र द्विपक्षीय राजनीतिक मुद्दा भने उच्चस्तरीय भ्रमणको एजेन्डा बन्न सकेन ।

नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका सीमामा विवाद छा । सीमा विवादलगायतका विषयमा साझा धारणा बनाउन दुवै मुलुकको सहमतिमा बनेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) प्रतिवेदन बुझ्न भारत तयार नबन्दा अलपत्र बनेको छ । पुनरावलोकन गर्ने भनिएको सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि उही अवस्थामा छ  । तर यी संवेदनशील र जनचासोका विषयमा नेपाली नेतृत्वले कुटनीतिक पहल गर्ने आँट गर्न नसक्दा भारतको बलमिचाई बढ्दो छ ।

यता भारत भने सीमा विवादप्रति वेखेबरझै बनेर राजनीतिक तथा धार्मिक कुटनीतिलाई विस्तार गर्न दाउमा छ । सरकारले यी विषयहरु उठान गरे पनि त्यसको तुक नभएको कतिपयको विश्लेषण छ । अहिले लामो समय सम्वादहिन बनेको सम्बन्ध चलायमान हुनु महत्वपूर्ण रहेको तर्क गर्दै आगामी जनमत प्राप्त सरकारले यो विषयहरु उठानको बाटो खुल्ने जानकारहरु बताउँछन । मोदीको भर्खरै सम्पन्न भ्रमणले विश्वमाझ बुद्धभुमि लुम्बिनिको प्रचारमा मात्र टेवा नपु¥याई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध पनि बलियो बनाउने पक्का छ ।

सीमा विवाद, असमान सन्धि, सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको दवदवा, व्यापार घाटा जस्ता विविध समस्याका कारण नयाँदिल्ली र काठमाडौबीचको कुटनीतिक सम्बन्ध समयसमयमा संकटमा धकेलिँदै आएको छ । त्यसैले बदलिँदो भु–राजनीतिक परिवेशमा दुई मुलुकबीचको प्रभावकारी कुटनीतिक अभ्यास र विद्यमान समस्याहरुको दिर्घकालिन समधान खोज्न आलटाल भन्दा एजेण्डागत संवाद अपरिहार्य बनेको छ ।