देश

सिराहामा व्यवसायीमाथि गोली प्रहार


काठमाडौँ – सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन् । जिल्लाको मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीलाई गोली प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ ।
पसलमा बसिरहेको समयमा शनिबार राति ८ बजेको आसपास आएको अज्ञात समूहले उनीमाथि दुई राउण्ड गोली चलाएको थियो । ४० वर्षीय साफीमाथि चलाएको दुई राउण्ड गोलीमध्ये एउटा हातमा र अर्को तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए । गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।