Uncategorized

सिन्धुलीमा बाढी र पहिरोका कारण दुईको मृत्यु


काठमाडौँ – निरन्तर वर्षाका कारण सिन्धुलीमा बाढीपहिरोकाल कारण दुई जनाको ज्यान गएको छ । कमलामाई नगरपालिका ५ स्थित पोश्रेटार विद्यालय नजिकको कमला खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने कमलामाई नगरपालिका ८ स्थित पैरेमा पहिरोले पुरिएर एकको मृत्यु भएको छ ।

खोलाले बगाएको अन्दाजि ५०–६० वर्षको सन्तबहादुर मगरको शव कमलामाई नगरपालिका ८ सिस्नेरिमा बिहान साढे ९ बजे फेला परेको हो । उनको कमला नदिको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।