बिजनेस

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडमाथिको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन (विहीबार) नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । विहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले बढेको छ ।

१ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । विहीबार बैंकिङ र फाइनान्स् समूह बढेका छन् भने अन्य समूह घटेका छन् । बैंकिङ ४७.३७ अंक र फाइनान्स् ८.२ अंकले बढेको छ ।