बिजनेस

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट


काठमाडौँ – साताको अन्तिम कारोबारका दिन बिहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको छ । नेप्से परिसूचक बिहीबार १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्डको कदम पछि बुधबार देखि नै सेयर बजारमा प्रभाव देखिएको थियो । नेप्सेमा कारोबार हुने समूहगत सवइन्डेक्सहरु मध्ये ६ वटा बढेका छन् ।

बिहीबार कारोबार रकम उच्च अंकले घटेको छ । बिहीबार १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ । खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्सलगायत केही कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म वृद्धि भएको छ । बिहीबार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढ्यो । सीईडीबी कम्पनीको सेयर करिब ७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ७६ करोडको कारोबार भयो । विकास बैंक समूहको सेयर मूल्य २.४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स कम्पनीको सेयर १.१९ प्रतिशतले घटेको छ ।