खेलकुद

साफ महिला च्याम्पियनसिप नेपालमा हुने


काठमाडौँ — आगामी भदौमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ । आज ढाकामा भएको साफको साधारणसभाले यो संस्करणको साफ महिला च्याम्पियनसिप नेपालले गर्न गरेको प्रस्ताव स्विकृत गरेको हो । प्रतियोगिता आगामी भदौ १३ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला हुनेछ ।

अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो । सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको थियो । यो प्रतियोगिताको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो । अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ । नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ । चारै पटक नेपाल भारतसँग पराजित भएको थियो ।