समाचार

साताको पहिले दिन नै नेप्सेमा उच्च गिरावट


काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आज नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको हो ।

आज नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।