Breaking

किन आयो शेयर बजारमा तीव्र उतारचढाव ?


काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भएको छ ।

पछिल्लो एक साताको तथ्याङ्क हेर्दो नेप्सेमा ८९.७९ अंकले गिरावट आएको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । ८ महिना अगाडि २०७८ भदौ २ गते बुधबार ३१९८.६० बिन्दुमा पुगेर नेपाली शेयर बजारमा नयाँ कीर्तिमान बनेको थियो । तर, आठ महिनायता लगातार रुपमा गिरावट आएको नेप्से २०७९ बैशाख ८ गतेसम्म आउँदा ८७३.१५ अंकले घटेर २३२५.४५ विन्दुमा सिमित भएको छ ।

नेप्सेमा आएको उच्च गिरावटले शेयर लगानीकर्ताको कूल पुँजीमा पनि उच्च गिरावट आएको छ । नेप्से ३२ सय विन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ । यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ । सातामा दुई दिन सामान्य वृद्धि भएता पनि तीन दिन नेप्से उच्च अंकले गिरावट हुँदा बजार २४ सयको बिन्दुमा पुग्न सकेन । साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको थियो ।

त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको थियो । यस्तै मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा माथि पुगेको थियो । मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार भने नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेका थियो ।

त्यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको थियो । बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको थियो ।