खेलकुद

साउथ अफ्रिकाद्वारा अष्ट्रेलियासामु ११९ रनको लक्ष्य


काठमाडौँ – आबुधाँवीमा जारी टी–२० वल्र्ड कप अन्तर्गत सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाले ११९ रनको लक्ष्य पाएको छ । साउथ अफ्रिकाले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

टस हारेर व्याटिङको निम्तो पाएको अफ्रिकाका लागि एडन माक्रमले सर्वाधिक ४० रन बनाए । कगिसो रबडाले १९, डेभिड मिलरले १६,हेन्सिक क्लासनले १३ रन बनाउँदा कप्तान तेम्वा बभुवाले १२ रन जोडेका थिए । बाँकीका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अफ्रिकालाई सस्तैमा समेट्नका लागि एडम जाम्पा र हेजडवुड र मिचल स्टार्कले समान २ विकेट लिए । ग्लेन म्याक्सवेल र पेट कमिन्सले एक/एक विकेट लिए । एक विकेट भने रन आउट भएको थियो ।
अहिले अष्ट्रेलिया जवाफि व्याटिङमा उत्रेको छ ।