देश

साइबर ब्यूरोको आग्रह : प्रविधिको दुरुपयोगबाट बच्नुहोस्


काठमाडौँ – सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा सतर्कता अपनाउन नेपाल प्रहरीको साइबर ब्यूरोले आग्रह गरेको छ । विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भन्दै ठगी गर्ने क्रम बढेरहेको छ ।

बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न ब्युरोले अनुरोध गरेको हो ।

भाइबर, वाट्सएप, इमोलगायत विभिन्न सामाजिक एपहरूमार्फत भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको पाइएको ब्युरोले जनाएको छ ।