राजनीति

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सर्वदलिय बैठकमा सहभागी नहुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) अवैध रहेको र उक्त दल सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भन्दै एमाले बैठकमा सहभागी नजनाउने भएको हो । आफ्नो पार्टीले कारबाही गरेका पार्टी र व्यक्तिहरूले दर्ता गरेको अवैध रहको दल उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताएका हुन्।

नेम्वाङले प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई वैधानिकता दिनेगरी कुनै बैठकमा सहभागी नहुने स्पस्ट पारे ।