मनोरञ्जन

सर्पको टोकाइबाट सलमान खान अस्पताल भर्ना


काठमाडौँ — भारतीय चर्चित अभिनेता सलमान खानलाई सर्पले डसेको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेको छ । उनलाई आफ्नै पानभेल फार्म हाउसमा आइतबार बिहान साढे ३ बजे सर्पले टोकेको हो ।

उनी सपरिवार क्रिसमस मनाउनका त्यहाँ पुगेका थिए । सर्पको टोकाई लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो । उनलाई अविषलु सर्पले टोकेको हुँदा बिहान साढे ९ बजे नै अस्पतालले डिस्चार्ज दिएको थियो ।