Uncategorized

सरकार विरुद्ध कडा सङ्घर्षमा उत्रने उखु किसानको चेतावनी


काठमाडौँ – लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै ६ किसान सङ्गठनहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।

तोकिएको अनुदान रकम अविलम्ब भुक्तानी गर्न किसान सङ्गठनहरूले माग गरेको छ । यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान सङ्गठनहरू र उखु किसानहरूलाई झुटो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे ।

वक्तव्यमा उल्लेख छ । किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा सरकारको विरुद्धमा कडा सङ्घर्षमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।