अर्थनीति

सरकारी संस्थानलाई नाफामा लैजाने नीति बनाउन अर्थमन्त्री शर्माको निर्देशन


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानको घाटाप्रति चासो देखाएका छन् ।

अर्थमन्त्री शर्माले संस्थानहरू घाटामा गएकोप्रति चासो देखाउँदै संस्थानलाई नाफामा लैजानेगरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । हाल सञ्चालमा रहेका ४४ संस्थानमध्ये १८ ओटा घाटामा छन् । यस्तै, २४ संस्थान भने नाफामा रहेका छन् ।

बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा अर्थमन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् । मन्त्री शर्माले माशाखाका कर्मचारीलाई “के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरूलाई नाफामा लैजान सकिन्छ रु के–के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस्,” भन्दै निर्देशन दिए ।

सोही क्रममा अर्थसचिव मधुकुमार मरासिनीले धेरैजसो सार्वजनिक संस्थानहरूको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताए ।