राजनीति

सरकारलाई ४५ सांसदको समर्थन छ : मुख्यमन्त्री पोखरेल


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् ।

विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला आइतबार प्रदेशसभा बैठकमा बोल्दै पोखरेलले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरे ।