राजनीति

सभामुख सापकोटाले गरे बाढीग्रस्त क्षेत्रको निरीक्षण (फोटोमा)


काठमाडौँ – अविरल वर्षाका कारण गएको बाढीग्रस्त क्षेत्रको सभामुख अग्निप्रसाद सापकोटाले निरीक्षण गरेका छन्।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा मंगलबार साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ। सभामुख सापकोटा बुधबार बिहान बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न त्यहाँ पुगेका हुन्।

विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न उनले सबैमा अपील गरेका छन्।