Breaking

सबै चलअचल सम्पति राज्यको नाममा गरिदिएको छु, फेरि मैमाथि चोर औंला उठाउने : ओली


काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँग ३० देखि ४० अर्ब रुपैयाँ रहेको हल्ला चलाइएको भन्दै आक्रोश पोखेका छन् । संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले भने, ‘केपी ओलीसँग कम्तिमा पनि ३०, ४० अर्ब छ रे । कहाँ छ भन्दा स्वीस बैंकमा । स्वीस बैंकले सुनोस् मेरो त्यति पैसा छ भने जसले भनेको हो उसैको नाममा सारिदियोस् ।

सो अवसरमा ओलीले आफ्नो सम्पूर्ण चल अचल सम्पती राज्यको नाममा गरिएको बताउँदै ‘फेरि आफैंमाथि भ्रष्टाचारको आरोप लगाउने रु मै माथि चोर औँला उठाउने रु’ ओलीले आपत्ति जनाए । मैले कसको लागि सम्पती जोड्ने रु किन जोड्ने रु बरु म चुनौती दिन चाहन्छु मैले जस्तै कसैले आफ्नो सम्पती राज्यको नाममा गरिदिन सक्छ रु’ यस्तो बेतुकको आरोप आफुलाई नलगाउन पनि ओलीले चेतावनी दिए ।