Breaking

सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो


काठमाडौँ — बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ ।

अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।