राजनीति

सदन बाहिर एमाले र सत्ता गठबन्धनका नेताहरुबीच दोहोरी, भित्र सभामुखको आक्रोश (भिडियोसहित)


काठमाडौँ – सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पटक पटक आग्रह गर्दै आएका छन् । तर एमालेका सांसद्हरुले उनको आग्रहको वेवास्था गर्दै झन् जोडजोडले नारा लगाउँदै आएका छन् । यद्दपी एमालेको अवरोधका बीच सभामुखले भने संसद्को गतिविधि अगाडि बडाउँदै आएका छन् । सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा एमाले सांसद्हरुले नाराबाजी लगाए ।

नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले आफू विरुद्ध लगाइएको मुद्धा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्धाहरुमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए । उनले अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरुको ध्यानाकर्षण गराए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्नु भएको थियो । सोही मुद्धा अदालतमा विचाराधिन रहेकाले न्याय निरुपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न लगाउने नमिल्ने सभामुख सापकोटाको तर्क थियो ।

सभामुख सापकोटाले बैठक सुचारु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरुलाई अस्विकार गर्दै वेलमा नाराबाजी गरिरहे । यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण गरेर संसदमा पठाउनु भएको विनियोजन विधेयक २०७८ पढेर सुनाउनु भयो । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराए ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले सभामुख सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताए महामन्त्री कोईरालाले अध्यादेशबाट दल विभाजन भईसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए । प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।