Breaking

सत्ता पक्षले धाँधली गरेर निर्वाचन जित्यो: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन् । निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको उल्लेख गर्दै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाए । एमालेलाई पत्तासाफ गरिदिनेु सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको ओलीले बताए । कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेर चुनाव जितेको उनको आरोप थियो ।

नीति तथा कार्यक्रमको सुरुमा भनिएझैं निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा नभएको उनले बताए । उनले भने, निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेको छ । बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएका छन् । उम्मेदवारका घरमा बम पड्काइएको छ । उम्मेदवारका घरका स‍दस्य घाइते भएका छन् ।

शान्तिपूर्ण भयो सबैतिर रुु विभिन्न जिल्लामा मतदाताको हत्या भएको र त्यो हत्या गठबन्धनका कार्यकर्ताबाट भएको ओलीको आरोप थियो । निर्वाचन सार्न खोज्दा पनि नसकेको र अशान्तिपूर्ण निर्वाचन गरिएको उनको भनाइ थियो । स्वार्थलाई केन्द्रभागमा राखेर लोकतन्त्रको धज्जी उडाइएको भनाइ राखे । निर्वाचन अशान्तिपूर्णको नयाँ कीर्तिमान कायम गरिएको ओलीले आरोप लगाए । यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जै गर्ने खालको सत्तापक्षीय क्रियाकलाप यो तहमा त पञ्चायतले पनि गर्दैन थियो होला । त्यति साह्रो यसपल्ट भयो, उनले भने ।