Uncategorized

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बस्दै



काठमाडौँ –शीर्ष नेताहरूबीच न्यूनतक साझा कार्यक्रमपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएपछि सत्तारुढ गठबन्धनको कार्यदल बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने शीर्ष नेताहरूको तयारी रहेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा असार २९ गते प्रधानमन्त्री बनेपनि अझै सरकारले पूर्णता पाएको छैन ।