Breaking

सडकपेटीमा बनेको नवनिर्मित बारले थप्यो बसन्तपुरको सुन्दरता, न्यूरोड गेटबाट छिर्ने बित्तिकै बसन्तपुरबारे जानकारी


काठमाडौँ — प्राचीन सम्पदा संरक्षणमा महानगरको चासो, बसन्तपुर दरबार क्षेत्रलाई थप सुन्दर बनाउन कलात्मक बार निर्माण,संस्कृतिलाई छोपेर व्यापार नगरिदिन आग्रह । विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार क्षेत्रलाई थप सुन्दर बनाउन महानगरले न्यूरोडको सडकपेटीमा कलात्मक बार निर्माण गरेको छ । दरबार क्षेत्रभित्र प्रवेश गर्नु अघि नै त्यहाँभित्र रहेका सम्पदाबारे जानकारी दिन महानगरले फुटपाथमा कलासंस्कृति झल्कने आन्तरिक होस् या काह्य पर्यटक, अधिकांशको गन्तव्य स्थल बसन्तपुर दरबार नै हुने गर्छ ।

कोही साथी आयो, कसैलाई भेट्न पर्याे बसन्तपुर,कोही गाँउबाट काठमाडौँ आयो घुमाउने ठाउँ बसन्तपुर, समय बिताउन पर्याे बसन्तपुर । यति सुन्दर बसन्तपुर दरबार क्षेत्रलाई थप सुन्दरता थपेको छ सडकपेटीमा बनेको नवनिर्मित बारले । बसन्तपुर दरबार छिर्ने मुख्य प्रवेश द्वार न्यूरोड गेटबाट अघि बढ्नासाथ अहिले त्यस क्षेत्रभित्र रहेका कला, सम्पदा, संस्कृति झल्कन्छ । यसअघि हुने अस्तव्यस्तलाई चिर्दै महानगरले सडकपेटीको छेउछाउमा विश्वसम्पदामा सूचीकृत क्षेत्रभित्र रहेको मन्दिर, त्यहाँको कला संस्कृति झल्कने खालको काष्ठमण्डप मन्दिर, कुमारीको मुकुट आकृतिको बार लगाएको छ ।

पुरातात्विक तथा ऐतिहासिक क्षेत्रको आकर्षण बढाउन महानगरले गुरुयोजना नै अघि बढाएको छ । महानगरले बारसँगै फुटपाथमा विशेष क्षमता भएका व्यक्तिको सहजताका लागि ब्लक छाप्ने कामलाई पनि अघि बढाएको छ । महानगरले गरेको यो कार्यको सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । सर्वसाधारणहरु देशकै संस्कृति झल्कने बारले काठमाडौँको सुन्दरता बढाएको बताइरहेका छन् । यो राख्नाले फुठपाथ पहिलेको भन्दा व्यवस्थित हुने उनीहरुको विश्वास छ ।

न्यूरोडस्थित फुटपाथमा पहिले पनि रेलिङ नराखेको भने होइन । यसअघि पनि त्यस क्षेत्रमा जीआईका ठूला ठूला पाईप राखेर रेलिङ बनाइएको थियो ।तर त्यसको खासै सदुपयोग र महत्वनै भएको महानगरवासीको अनुभव छ । त्यहाँ राखिएको रेलिङले न सुन्दरता प्रदान गरेको थियो न नै त्यसको प्रयोजन पुष्टि भएको थियो । महानगरले न्यूरोडमा कलाकृतिसँगै विशेष क्षमता भएका वा भनौँ दृष्टिविहीन जो लठ्ठीको सहाराले हिड्नु पर्नेलाई मिल्ने गरि त्यही अनुसारको ब्लक छापेको छ । यस्तो सुन्दर कला संस्कृतिलाई छोपेर व्यापार नगरिदिन र त्यसैले फुटपाथ फुटपाथ कै प्रयोजन गरिदिन सबैलाई आग्रह गरेको छ ।

महानगरले यसअघि राखेको रेलिङमा कपडा भुण्ड्याएर व्यापार गर्नेको ठूलै भीड हुने गथ्र्यो । त्यहाँ रेलिङ राखेको औचित्य नै थिएन भन्दा पनि हुन्छ । रेलिङ नाममा नै सीमित थियो । उफ्रेर बाटो काट्ने, बस्ने जस्ता कार्यले फुटपाथमा हिड्ने पैदल यात्रुले निकै सास्ती व्योहोरि रहेका थिए । तर अहिले राखिएको बारमा मन्दिर र कुमारीको आकृती कुदिएको हुनाले थुक्ने, नाघ्ने, फोहोर गर्ने, जथाभावी बस्ने, बाटो काट्ने जस्ता कार्यमा पूर्णविराम लाग्ने महानगरले अपेक्षा गरेको छ । राजधानीलाई व्यवस्थित गराउन महानगरले अपनाएको यो उपाय भने गज्जबकै छ ।