देश

सक्रिय सङ्क्रमितको सङ्ख्या १५० पुग्यो


काठमाडौँ — देशभर थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यही अवधिमा थप ९ जनामा सङ्क्रमणमुक्त पनि भएका छन् । हाल नेपालमा निको हुने दर ९८।८ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५० पुगेको छ ।