अर्थनीति

श्वेतपत्र र साझा न्यूनतम कार्यक्रमपछि मात्रै मौद्रिक नीति ल्याउने राष्ट्रबैंकको तयारी


काठमाडौँ – नेपाल राष्ट्र बैंकले सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ र अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्ने श्वेतपत्रपछि मात्रै मौद्रिक नीति ल्याउने भएको छ ।


राष्ट्र बैंकले अर्थ मन्त्रालयको ग्रिन सिग्नलपछि नयाँ बजेट नकुरी साउन तेस्रो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, सरकारले यसै साता साझा न्यूनतम कार्यक्रम ल्याउने र श्वेतपत्र पनि सार्वजनिक गर्ने तयारी गरेपछि मौद्रिक नीति पुनः पछि धकेलिएको हो । अब साउन अन्तिम साता मात्रै मौद्रिक नीति सार्वजनिक गरिने बुझिएको छ ।

अर्थसचिव मधुकुमार मरासिनीले बुधबार मात्रै राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिए । नयाँ सदस्यका रूपमा सचिव मरासिनी आएपछि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले ठोस निर्णय नगरे पनि मौद्रिक नीति साउन अन्तिम साता ल्याउने अनौपचारिक निर्णय गरेको छ ।