देश

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


काठमाडौँ — पर्साको वीरगञ्जबाट प्रहरीले पत्नी हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका दिनेश प्रसाद यादव छन् । २६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शुक्रवार विहान ४ बजे बीरगञ्ज–२३ स्थित ईटियाही टोलमा दिनेशले घाँटी थिचेर पत्नीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले बताए ।

मृतकको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ ।