अर्थनीति

त्रासमा सेयर लगानीकर्ता, १०० अंकले घट्यो परिसूचक


काठमाडौँ — शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १००.१० अंकले र सेन्सिटिभ सूचक १८.२० अंकले घटेको हो । त्यस्तै तरलता सूचक ७.०२ अंकले र सेन्सिटिभ तरलता सूचक ६.१९ अंकले घटेको छ ।

बजार घटे पनि कारोबार रकम भने झण्डै नौ अर्ब पुगेको छ। आज बजारमा १८५ कम्पनीका सेयर ओरालो लाग्दा ६ वटाको मात्रै बढेको छ । सो अंकले घटेर सूचक २८२०.४१ विन्दुमा आइपुगेको छ । आज २२८ सेयर किनबेच भएकामा १ लाख १३ हजार २ सय ५ पटक कारोबार भएको थियो। सो क्रममा १ करोड ७० लाख ६३ हजार कित्ता सेयर बिक्री भएको छ । ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

आज दुईवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन् । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले कमाए पनि अन्य लगानीकर्तालाई निराश बनाएको छ ।

आज लगानीकर्ताहरुले ७.८२ प्रतिशतसम्म गुमाएका छन्। उच्च कारोबार भने ३८ करोडसम्मको भएको नेप्सेले जनाएको छ ।