Breaking

शेखर–गगनले देउवालाई घुँडा टेकाए, समानुपातिक हेरफेर, ओलीसँग मिल्न खोज्दा प्रचण्ड तनावमा


काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसभित्रै विवाद बढेपछि सिट बाँडफाँडमै समस्या परेको छ । समानुपातिकसहित देउवाले टिकट बाँडफाँडमा मनोमानी गर्ने देखिएपछि शेखर समूहले देउवालाई दबाब दिएको छ । फलतः देउवा समानुपातिक सुची सच्याएर जान सहमत भएका छन् । देश गुनाको भेष कपाल गुनाको केश’ भनेझैँ सभापति शेरबहादुर देउवालाई गलाउन घुर्कि, धम्की लाउनैपर्छ भन्ने बुझेका शेखर–गगनले दुईचार दिन आफ्नो समूहलाई मजैसँग उफारे ।

गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही र जगदिशनरसिंह केसीहरु अग्रभागमा उभिएर आफुविरुद्ध बोल्नु बोलेपछि देउवा पनि गल्न बाध्य बनेका छन् । समानुपातिकमा एकलौटी गरेको भन्दै विद्रोहमा जाने धम्की दिएको शेखर समूहलाई मनाउन अब समानुपातिक बन्दसूची सच्याउने गरि काँग्रेसमा सहमति जुटेको छ । र यसकै लागि देउवाले पदाधिकारीको बैठक बोलाएर सहमतिको प्रयास गरेका हुन् ।

निर्वाचन आयोगमा असोज ३ गते पेश गरिएको बन्दसूचीमा प्रतिनिधिसभाको एक सय १० समानुपातिक सिट संख्यामा देउवाले १० प्रतिशत पनि शेखर समूहलाई दिएका छैनन् ।बरु आफ्नै पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जुसम्मको नाम समानुपातिकमा सिफारिस भएपछि शेखर समूह झनै त्र्रध भएको थियो ।समानुपातिक सूचीमा पार्टीका निष्ठावान, इमानदार र दुःख पाएका कार्यकर्ताभन्दा परिवारका सदस्य, नातेदार, व्यापारी र ठेकेदारको बाहुल्य देखिन्छ ।

ती सबै देउवानिकटकै छन् । देउवाले बोलाएको पदाधिकारी बैठकमा समेत शेखरको समूहको विरोध यसमै केन्द्रीत भएपछि झनै सकस थपिएको छ ।तथापी समानुपातिक सच्याएर शेखर समूहलाई कतिदिने भन्ने विषयमा ठोस आकार आएको छैन । फलतः बालुवाटारमा पदाधिकारीको बैठक चलिरहँदा पार्टी कार्यालय सानेपामा शेखर समूहले धर्नासमेत दिइरहेको छ ।

निर्वाचनकै मुखमा अन्तरकलह झाँगिँदै गएपछि बुधबार बिहानै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा बालुवाटार नै पुगेर देउवाको ध्यानाकर्षण गराएका थिए । महामन्त्रीद्धयलाई देउवाले समानुपातिक सच्याउन तयार रहेको बताएपछि काँग्रेस सहमतितर्फ अघि बढेको हो । तर नेपाली काँग्रेसभित्रको विवादको असर गठबन्धनका अन्य दलहरुमा समेत परिरहेको छ । आफ्नै भाग खोस्ने गरि गठबन्धनमा बाँडफाँट टुंग्याउने देउवाको तयारीले टिकट पाइँदैन कि भन्ने चिन्ता शेखर समूहका अधिकांश नेतामा छ ।

यसैकारण उनीहरुको आक्रोश देउवासँग मात्रै नभइ सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि छ ।फलतः गठबन्धनलाई चिढ्याउन शेखर समूहले नेकपा एमालेसँगनिकटता बढाएपछि त, देउवालाई गल्न बाध्य बन्नु परेको छ । ओलीसँग परिआए चुनावी तालमेल र सहकार्यसम्म गर्नेसक्ने शेखर समूहको प्रस्तावले काँग्रेस र गठबन्धनलाई थप दबाब बढाएको छ ।