Breaking

शिक्षित समाज बस्ने उपत्यकाका ऐतिहासिक पोखरीको कन्तविजोग (फोटोफिचर)


काठमाडौँ — आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरूको शहर हो काठमाडौँ ।

भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौँ शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरीरु कहिलेरु यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ । हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ ।

यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौँ उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ ।

मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौँ पहिचन बोकेको शहर हो । तर आज काठमाडौँको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित छ भन्दा फरक पर्दैन । उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन ।

करोडौं खर्च गरेर सिंगारिएको काठमाडौँको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ ।

खानेपानीको समेत हाहाकार रहेको काठमाडौँका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ ।

पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ । राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तै खाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दूषित भइरहेका छन् ।

न्युज एजेन्सी नेपालको सहयोगमा प्राप्त केही तस्बीर :