देश

विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस्तो जवाफ


काठमाडौँ – गायिका विष्णु माझीलाई खोझ्दै प्रहरी उनको माइतीघर पुगेको छ । भूमिगतजस्तै रहेकी गायिका माझीको अवस्थाबारे बुझ्न प्रहरी उनको माइतीघर पुगेको हो । स्याङ्जाको चापाकोटस्थित माझीको माइतीघर पुगेर उनको अवस्थाबारे बुझ्ने काम भएको स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।

श्रीमान सुन्दरमणि अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जेलैमा’ बोलको गीत यतिबेला निकै नै चर्चामा रहेको छ । लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि माझीको अवस्था बुझ्न प्रहरी माइतीघर पुगेपछि माइतीले तीन वर्षदेखि छोरी घर नआएको जानकारी गराए । तर परिवारसँग भने गायिका माझी नियमित सम्पर्कमा रहेको एसपी बोगटीले बताए । तर माइती पक्षले समेत माझी कहाँ बस्छिन् भनेर बताउन नचाहेको बुझिएको छ ।