मनोरञ्जन

विवाह बन्धनमा बाँधिदै ‘हैट’


काठमाडौँ – अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् ।

आज (शुक्रबार) उनको तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागको हो । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्न लागेका हुन् ।

अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् । बुद्धि नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित छन् ।