Breaking

विराटनगरमा फार्मेसीविरुद्ध उजुरी


काठमाडौँ — जलजला मोडमा रहेको अटल फार्मेसीले उपभोक्तालाई ठगी गरेको भन्दै कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा उजुरी परेको छ । फार्मेसीले मधुमेहका बिरामीले प्रयोग गर्ने ह्युमन इन्सुलिन ३०/७० नामको खोप बिक्री गर्दा ३ सय ७४ रुपैयाँ बढी लिएको पाइएपछि पब्लिक फोरमले कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएको हो ।

उक्त खोपको बजार मूल्य प्रतिखोप ६ सय २२ रुपैयाँ छ । तर अटलले ९ सय ९६ रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछि कारबाहीका लागि वाणिज्य कार्यालयमा उजुरी गरिएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । फार्मेसीले नेपाली एमआरपी लेखिएको औषधिलाई भारतीय एमआरपीमा जोडेर सर्वसाधारणलाई बिक्री गर्दै आएको पाइएको छ । ढुंगेलले भने, उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाहीको माग गर्दै उजुरी दिएका हौं ।