समाचार

विदेशमा रहेका नेपालीको विजयादशमी, परम्परा जोगाउने चिन्ता (भिडियोसहित)


काठमाडौँ – आज नेपालीहरूको महान् चाड विजया दशमी, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइएको छ । देशमा मात्र नभई विभिन्न शिलशिलामा विदेशमा रहेका नेपालीहरुले पनि आ–आफ्नो अनुकलता अनुसार दशैं मनाएका छन् ।

नेपालीहरुको राष्ट्रिय पर्व दशैं टिकाको पहिलो दिन आफ्ना ठुलाबढा ,मान्यजनबाट टीका जमरा सहित आर्शिवाद लिई हर्षोल्लासका साथ मनाइएको छ । दशैको रौनकता नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीमा पनि चढ्ने गर्दछ । अध्ययन, रोजगारी साथै अन्य विभिन्न शिलशिलामा विश्वका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुले पनि आ–आफ्नो अनुकलता अनुसार दशैं मनाएका छन् ।

सात समुन्द्रपारी रहेपनि नेपालीले आफनो चाडपर्व को महत्व भूल्न सक्दैनन् । नेपाली चाडपर्वका बेला विदेशमा आयोजना हुने ठुला मेला महोत्सवलाई यस्को उदाहरण मान्न सकिन्छ । यो वर्ष कोरोनाका कारण कतिपय स्थानमा अझै पनि लकडाउन भएकाले ठुला कार्यक्रमहरु भने भएन । तथापी विदेशमा रहेका नेपालीहरुले दशैंको अवसरमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरुसंग एकआपसमा झमघट गरेर दशैं मनाएका छन ।

संधै काममा व्यस्त हुने भए पनि दशैंका बेला आफ्नो अनुकलता अनुसार नजिकका आफन्तजन साथै नेपालीहरु जम्मा भएर रमाइलो गरेर दशैं मनाउने तयारीमा प्रवासी नेपाली रहेका छन् । परदेशको दशैं आफ्नो मातृभूमिको जस्ता नभए पनि आफ्नो सँस्कृति जोगाउनकै लागि भए पनि पर्वहरु मनाउने गरेको प्रवासीहरु बताउछन् ।


नौदिनसम्म दशैं घरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरा सहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । विदेशमा अरु बेला कामले फुर्सद नपाउने नेपालीहरु चाडपर्वलाई एक आपसमा भेटघाटको अवसर समेत बनाउने गर्दछन । बाध्यताले विदेशिनु परे पनि अधिकांशलाई आफ्नो संस्कृति तथा चाडपर्वको मोह अझ बढि हुने गर्दछ । त्यसैले सम्भव भएसम्म उनीहरूले पनि चाडपर्वलाई हर्सोल्लासपूर्वक मनाउने गरेका छन् ।