Breaking

विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौँ – दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको थियो । मृत्यु हुनेमा दुई जनाको सनाखत भएको छ । जसमा शैल्यशिखर नगरपालिका ६ बस्ने चालक प्रकाश धामी र सोही ठाउँका सहचालक नविन सिंह धामी रहेका छन् । एक जनाको भने परिचय खुल्न सकेको छैन ।
हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।