Breaking

विजयी घोषणापछि मतपेटिका भेटियो


काठमाडौँ — महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ । सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका फेला परेको हो ।

बर्दिबास बेलगाछी–५ को २ वटा बाकस मध्ये एक बाकसको मतगणना सकिएपछि अर्को बाकस वडामा नै फेला परेको हो । निवार्चन कार्यालय बर्दिबासले ७५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिसकेको छ ।